तीनवटा औषधि बिक्री वितरणमा रोक

काठमाडौं। औषधि व्यवस्था विभागले तीनवटा औषधिको बिक्री वितरणमा रोक लगाएको छ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल २०० एमजी र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट तथा फर्माको इन्टस्ट्रीज लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’नामक मेट्रोनिडाजोल २०० एमजीको औषधि बिक्री वितरणमा रोक लगाएको हो।

ती औषधि बजारमा रहे पनि तुरुन्तै फिर्ता लैजान कम्पनीलाई निर्देशन दिइएको विभागले जनाएको छ।