कांग्रेसकै इतर पक्षको वाणले देउवा सत्ताच्युत,प्रचण्ड बिच्किनुका यी हुन् कारण

काठमाडौं। नेपाली कांग्रेस प्रतिपक्षी बन्ने निश्चित भएको छ। सत्ता गठबन्धनको समिकरण फेरिएसँगै कांग्रेस प्रतिपक्षमा जानुपर्ने स्थिति पार्टीको आन्तरिक कारणबाटै सिर्जना भयो। तर, कांग्रेसले भने यो विषयलाई गोलमोटल जवाफ दिएर प्रधानमन्त्री प्रचण्डलाई दोषारोपण गर्न खोजिरहेको छ।

यस्तोमा शेरबहादुर देउवाको सत्तायात्रालाई रोक्न प्रमुख भुमिका खेल्ने कांग्रेसी को हुन र किन यस्तो हुन पुग्यो त ? यो सर्वाधिक खोजिको विषय बनिरहेको छ।

तत्कालीन समयमा एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डले कांग्रेसलाई साथ लिँदा एमालेमाथि गम्भीर धोका दिएको आरोप लाग्यो।

संसद विघटनको विषयमा एमाले अध्यक्ष केपी ओलीले संसदमै बचाउ गरेपछि आफू तर्सिएको दाबा गरेका प्रधानमन्त्री प्रचण्ड कांग्रेस संस्थापन इतरपक्षको निरन्तरको धोकापछि अन्ततः फेरि एमालेसँगै सत्ता सहयात्रा गर्न राजी भएका छन्।

के कारण प्रचण्डले एमालेसहितका दल रोजे?

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवाले असाध्यै लचकतासाथ सहयोग गर्ने वचन दिएपनि कांग्रेसभित्रको स्थिति नियन्त्रणमा देउवा चुकिरहेका थिए । यसरी देउवाले नियन्त्रण गुमाउँदा कांग्रेससहितको गठबन्धन टुटाउने अस्त्र बन्ने प्रमुख कारण भने यस्ता छन्।

१- कोशी प्रकरणः कांग्रेस संस्थापन इतर पक्षले कोशीमा माओवादीबाट राष्ट्रियसभामा उम्मेदवार बनेकी चम्पादेवी कार्कीलाई पराजित गर्न भूमिका खेले। यसमा कांग्रेसको इतर पक्षले आफ्नो योजना कार्यान्यवन गर्दै देउवालाई कमोजर पार्ने उद्देश्य पुरा गर्न सफल बन्यो।

२- मुख्यमन्त्री प्रकरणः कोशी प्रदेशमा सत्ता गठबन्धनले निर्णय गरेर माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय ग¥यो। तर, इतर पक्षले एमालेसँग मिलेर कांग्रेसका केदार कार्कीलाई विद्रोही उम्मेदवार बनाएर माओवादीलाई रोक्ने काम भयो। यसमा पनि देउवाको निर्णय चल्नै सकेन्।

३- महासमिति बैठकः कांग्रेस महासमिति बैठकले चुनावी गठबन्धनलाई राजनीतिक एजेण्डा बनाइयो। चुनावी गठबन्धन गर्दै नगर्ने भन्ने विषयमा निर्णय नै गरेपछि सत्ता गठबन्धन दलमा दरार आयो भने देउवाले यो निर्णयलाई समेत रोक्न सकेनन्।

४- पूर्णबहादुर खड्काको प्रतिवेदनः कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले पेश गरेको प्रतिवेदनमा माओवादी जनयुद्धलाई अनाहकको हिंसा भन्दै माओवादीप्रति प्रहार गरे । देउवाका विश्वासपात्र भनिएका खड्काले नै यस्तो प्रतिवेदन पारित गरेपछि माओवादी नेतृत्व थप चिढिन पुग्यो।

५- मन्त्री फेरबदलमा अड्कोः प्रधानमन्त्री प्रचण्डले मन्त्री फेरेर भएपनि सरकारको काम कारबाहिलाई तीब्रता दिने सार्वजनिक अभिव्यक्ति दिए। तर, कांग्रेसले मन्त्री फेर्ने विषयमा सहमति दिन मानेन्। देउवाले आफ्ना विश्वासपात्र अर्थमन्त्री डा. प्रकाशरण महत र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई प्रचण्डले बिदा गर्न चाहेपनि देउवाले मानेनन्। यसमा प्रचण्डले सरकारको कामलाई कांग्रेसले अवरोध पु¥याएको अर्थमा बुझे।

६- संक्रमणकालीन न्यायः संक्रमणकालीन न्याय प्रणाली टुंगो लगाउने विषयमा प्रचण्डले कांग्रेसको दह्रो साथ खोजेपनि उलल्लेख्य समर्थन पाउन सकेनन्। माओवादी युद्धलाई लिएर कांग्रेसले बदख्वाई गर्न थालेपछि उनी थप चिढिए।

७- इतर पक्षको सरकार केन्द्रित आक्रमणः सत्ता साझेदारी गरेदेखि नै कांग्रेसको इतर पक्षले सरकारको समर्थन कहिल्यै गरेन्। कांग्रेसले संस्थागत निर्णयबाट सरकारमा सहभागी भएर सरकारलाई विश्वासको मत दिएपनि सरकारका कामलाई प्रचार गर्ने र नराम्रो गरेको ठाउँमा विरोध गर्नुपर्नेमा एकहोरो विरोधमात्रै गरिरह्यो। जुन कारण प्रचण्ड कांग्रेस प्रवृत्तिबाट प्रताडित बनिसकेका थिए।

इतर पक्षको घानमा देउवाले गुमाए सत्ता नेतृत्व

कांग्रेसले ०८४ को निर्वाचन अघि पार्टी महाधिवेशन गर्नुपर्नेछ। महाधिवेशनको समयमा सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुन्थे। सरकार प्रमुख भएको बेला देउवाले महाधिवेशनलाई प्रभावित पार्न सक्ने विषयमा इतर पक्ष जानकार थियो।

त्यसपछि इतर पक्षले सरकारमाथि आक्रमण गर्नेदेखि माओवादी केन्द्रलाई जतापनि चिढ्याउने रणनीति अख्तियार गर्न थाल्यो। देउवाले यस्तो निर्णयलाई रोक्न प्रभावकारी कदम चाल्नै सकेनन्।

कांग्रेस इतर पक्षले सरकारमाथि गम्भीर आरोप मात्रै लगाउने गरेको थिएन,भ्रष्टाचारविरोधी अभियानलाई समेत कमिसनसँग जोडेर उल्टै बदनामित पार्ने काममा लागि रह्यो।

चुनावी गठबन्धन कांग्रेस महासमिति बैठकमा अहिले नै छलफल गर्न कति उपर्युक्त थियो रु यो बहसको विषय हो। गठबन्धनको मतबाटै निर्वाचित गगन–विश्वप्रकाशले चुनावी गठबन्धनलाई जसरी एजेण्डा बनाएर पेश गरे, त्यसले नै उनीहरुको रणनीति प्रष्ट हुन्थ्यो।

यता, संस्थापन पक्षले इतरलाई रोक्ने योजना बनाउनै सकेन्। देउवाले पनि लटरपटर गर्दै इतर पक्षको प्रतिवेदन पारित गर्ने निर्णयमा सहमति जनाएपछि इतर पक्षको महाधिवेशन केन्द्रित रणनीति सफल बन्न पुगेको छ। यता देउवाले अब सत्ताको पालो पाउने छैनन र कांग्रेस महाधिवेशनमा सत्ताको प्रभाव समेत हुनेछैन्।

प्रदेशबाट पनि कांग्रेस बाहिरिँदै

कांग्रेसले नेतृत्व गरेका प्रदेशहरु सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र कोशीको नेतृत्वबाट बाहिरिनुपर्नेछ। सातै प्रदेशमा कांग्रेसका मन्त्री छन्।मन्त्रीमात्रै नभएर प्रदेश नेतृत्वबाट समेत कांग्रेस बाहिरिनुपर्ने भएपछि अब कांग्रेसको राजनीतिमा ठूलो उथलपुथल आउनेछ।

सत्ताबाट सडकमा कांग्रेसलाई ल्याउन भूमिका खेल्ने इतर पक्षका शीर्ष नेताहरुले कांग्रेस महाधिवेशनबाट नेतृत्व गर्ने अवसर पाउँछन वा पाउँदैनन,त्यो पछि नै थाहा होला। तर, तत्काल सत्ताबाट बाहिरिएपछि कांग्रेसलाई ठूलो सकस भने आइपर्नेछ।