सुनको मूल्यमा नयाँ रेकर्ड,कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च पुगेको छ।सुनको मूल्य आज तोलामा दुई हजार रुपैयाँ बढ्दै प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

सुन हिजो प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो। जुन मूल्य हालसम्मकै उच्च हो।सुनको मूल्य यसअघि गत पुस १ गते एक लाख २२ हजार रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ।चाँदी आज तोलामा ३५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।