जीबी राई सिंगापुरबाट पक्राउ परेकै हुन् त ?

काठमाडौं। देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) पक्राउ परेको चर्चा चलेको छ।

मलेसियामा रहेको भनिएका राई सिंगापुरबाट पक्राउ परेको बताइएको छ। प्रहरी महानिरीक्षक वसन्त कुवरले भने आफूहरूले राई पक्राउ परेको आफूलाई जानकारी नभएको र त्यसको पुष्टि गर्न लागिपरेको बताएका छन्।

रेड नोटिस जारी भएका व्यक्ति पक्राउ गर्दाका बखत सम्बन्धित देशले रेड नोटिस जारी गर्ने प्रहरी कार्यालयलाई पक्राउ गर्नुको आधार र कारण माग्दछ।

जीबी राईको हकमा नेपाल प्रहरीसँग पक्राउ परिएको भनिएको देश सिंगापुरले आज बिहानसम्म कुनै आधार कारण मागेको छैन।

व्यक्ति लोकेट भइसकेपछि पक्राउ पर्नुको कारण के हो भनेर सोध्ने गर्दछ नेपाल प्रहरीलाई यो बारे जानकारी छैन,प्रहरी प्रधान श्रोतले भन्यो।