प्रचण्डलाई विश्वासको मत नदिने, माधव प्रधानमन्त्री बन्ने: मेटमणि चौधरी

फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले एमाले–माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि नरहेको दाबी गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिनको लागि आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गलत नियतले बनेका कारण आयु लामो नरहेको दाबी गरेका हुन्।

उन भने गलत नियतले नयाँ सरकार बनेकाले अपार चुनौति रहेको जिकिर गरे। निकै सानो अवसर छ। यो कुरा म विश्वासका साथ भन्छु,यो सरकार बढीमा मुस्किलले एक महिना टिक्न सक्छ,चौधरीले भने,सरकार निरन्तर अगाडि बढिरहेको बेला प्रचण्डले गठबन्धनलाई घात गरे।

प्रचण्डको अभिव्यक्तिका कारण देशमा अस्थिरता मच्चिएको उनको दाबी छ। चौधरीले प्रचण्ड केपी ओलीभन्दा पनि गलत र अस्थिर भएको ठोकरवा गरे।

प्रचण्डको नियतमा खोट छ। प्रचण्डको जस्तो चिन्तन भएका मानिसहरुलाई मुलुकको राजनीतिको मूलधारबाट सिमान्तकृत गर्नुपर्छ। उनले भने।

प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत पाए मुलुकले दुःख पाइराख्ने उनको तर्क छ। प्रचण्डले आफ्नो अनुकूलतामा फेरि अर्को गठबन्धन बनाउने उनको दाबी छ।

आफूले संसद्मा बोलेको विषयलाई लिएर माओवादीकै सांसदहरुले ‘प्रचण्डका कारण हामीलाई मुख देखाउन पनि लाज लागिरहेको बेला तपाइले बोलिदिनु भयो,धेरै खुसी लागेको छ’ भनेर टेलिफोन गरेको समेत उनले सुनाए।

अबको सात दिनभित्र मुलुकको राजनीतिक कोर्ष नयाँ ढंगले अगाडि बढ्ने उनको दाबी छ। प्रचण्डले दुई जना काण्डवाला मानिसहरुलाई लिएर अहिलेको सरकार बनाएको उनको टिप्पणी छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले गृहमन्त्री भएर आफूमाथि आइलागेको मुद्दाहरु राफसाफ गर्ने मनशाय राखेको उनको आरोप छ। नेता चौधरीले लामिछानेको गलत चाहना पूरा हुन नदिने बताए।

केपी ओलीले प्रचण्डसँग बदला लिन हिसाब किताब गरेर बसकेको उनको भनाइ छ। नेता चौधरीले ओलीले साँवामात्रै राफसाफ नगरेर ब्याज र हर्जनासमेत असुल गर्न तयार भएर बसेको उनको दाबी छ।

साथै ओलीले प्रचण्डको नेतृत्वमा प्रतिनिधि सभा विघटन गराएर विगतमा आफूले ठीक गरेको थिएँ भन्ने भाष्य निर्माण गर्नसमेत चाहेको उनको दाबी छ।

नेता चौधरीले आफू वर्तमान सरकार ढाल्न र आफ्नै पार्टी अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउने कसरतमा रहेको बताए। यदि अध्यक्ष नेपाल प्रधानमन्त्री नबने प्रचण्ड बाहेक जोसुकैलाई पनि प्रधानमन्त्री बनाउन आफूहरु तयार रहेको बताए।

साथै, एकीकृत समाजवादीको तर्फबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने र जतिसक्यो आफूहरु बिगार्ने खेलमै लाग्ने उनले बताए।