लघुवित्त पीडितलाई अर्थमन्त्रीले वार्तामा बोलाए

काठमाडौं। अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त पीडितलाई वार्तामा बोलाएको छ। अर्थमन्त्री वर्षमान पुनले लघु पीडित संघर्ष समितिका प्रतिनिधिलाई आज शुक्रबार दिउँसो वार्ताका लागि मन्त्रालय बोलाएका हुन्।

मन्त्रालयका सहसहसचिव एवं वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिसँग वार्ता गर्ने अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ।

उक्त समितिमा गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, कानून मन्त्रालयका उपसचिव झइन्द्र गुरागाईं र नेपाल राष्ट्र बैंकका प्रतिनिधि छन्। अर्थमन्त्री पुनले समितिलाई संघर्ष समितिसँग वार्ता गरी उनीहरुका माग सम्बोधन गर्ने उपायसहित प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्।

समस्याको टुंगो नलाग्दासम्म लघुवित्तका ऋणिलाई घरमा गएर गैरकानुनी रुपमा बलजफती नगर्न लघुवित्त सञ्चालकलाई समेत अर्थ मन्त्रालयले निर्देशन दिइसकेको छ।