कपनबाट हराएकी किशोरीको शव पशुपतिमा भेटियो

सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रको जंगलमा एक किशोरीको शव भेटिएको छ। केहि दिनदेखि हराइरहेकी १९ वर्षीया सुस्मिता थापाको शव आज बिहान गोरखनाथ मन्दिरमाथिको जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो।

गौशाला प्रहरी वृत्तका डिएसपी केशव थेवेका अनुसार मर्निङवाक गर्न जानेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको हुनसक्ने देखिएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

सिन्धुली घर भएकी उनी बालुवाखानी, कपनमा बस्ने गर्थिन्। केहीदिन अघि भक्तपुर आफन्तकोमा जान्छु भनेर घरबाट निस्केकी उनी वेपत्ता भएकी थिइन्।