माओवादीले चलाएको जनयुद्ध हिंसा नै हो: उपाध्यक्ष बादल

कैलाली । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले तत्कालीन अवस्थामा माओवादीले सुरू गरेको जनयुद्ध ‘हिंसा’ नै भएको बताएका छन्। बिहीबार पत्रकार महासंघ अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

तत्कालीन समयमा माओवादीको तेस्रो वरीयता सम्हालेका बादल सर्वोच्च अदालतले नेकपाको दर्ता बदर गरेपछि एमालेमै रहेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धलाई हिंसाको रूपमा चित्रण गर्दा तपाईँ जनयुद्धप्रति गर्व गर्नुहुन्छ कि हुन्न रु भन्ने प्रश्नमा बादलले भने, ‘जनयुद्ध भनेको युद्ध हो ।

युद्ध भनेको हिंसा हो । हिंसामा मर्ने र मार्ने हुन्छ । यो कुरालाई माओवादीले पनि मान्छ । हिंसा भनेको संघर्षको सर्वोच्च रूप हो । प्रत्येक हिंसा युद्ध होइन, युद्ध भनेको राजनैतिक आन्दोलनको उच्चतम रूप हो ।

१० वर्र्षे जनयुद्धले वा सशस्त्र संघर्षले नेपालको लोकतन्त्रिक क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेको एमालेको १०औँ महाधिवेशनले पनि पूर्ण रूपमा निषेध नगरेको उनले बताए ।

माओवादीले युद्ध सुरू गर्दा एमालेको तत्कालीन समर्थन नभएको बताउँदै्र उनले जनयुद्ध दिवस मनाउनुको कुनै अर्थ नरहेको टिप्पणी गरे ।

उनले भने, ‘जनयुद्ध दिवस कहीँ दुनियाँमा मनाइँदैन । माओवादीहरूको एक ढङ्गको इस्टनबाजी हो । गणतन्त्र दिवस मनाउने हो । संविधान दिवस मनाउने हो । त्यो मनाइरहेका छौं। जनयुद्ध दिवस मनाउने माओवादीको गलत डिसिजन हो ।

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर निर्णायक राष्ट्रिय शक्ति बन्न कसैले रोक्न नसक्ने उनको दाबी थियो ।

‘मिसन ०८४ मा हुने निर्वाचनमा बहुमत ल्याउनुपर्छ । एमालेले बहुमत ल्याएपछि मात्रै सुखी नेपाली संवृद्ध नेपालको परिकल्पना पुरा हुन्छ’ उनले भने,निर्णायक राष्टिय शक्ति बनाएर सरकार चलाउने लक्ष्य छ।

त्यो पूरा हुन्छ । त्यसका लागि जनताको मन जित्नेगरि काम गर्न सबै नेता कार्यकर्ताहरूलाई भनेका छौँ ।