शेरा दरबारको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल

फाइल तस्बिर

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शेरा दरबार प्रकरणमा आफैँबाट अनुसन्धान शुरु गर्न आग्रह गरेका छन्।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नुवाकोटाको शेरा दरबारलाई अहिले चर्चामा ल्याइएको बताए। उनले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको आफूले बुझेको पनि बताए। उनले कतै न कतै प्रचण्डलाई जोड्न सकिन्छ की भनेर सरकार लागेको आरोप लगाए।

दुई प्रतिस्पर्धी दल मिले भन्ने समाचार लज्जापूर्ण हुन्छ भनेर संविधान संशोधनको सैद्धान्तिक जामा लगाएको आरोप लगाए।