सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलामी गरिने
काठमाडौं। सरकारले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलामी गर्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण गर्दै सहकारीको रक अपचलन गर्नेको सम्पत्ति लिलामी गर्ने व्यवस्था गरेको र उक्त सम्पत्ति लिलाम बिक्री गरी प्राप्त हुने रकम बचतकर्तालाई फिर्ता गर्ने व्यवस्था गरेको बताए ।
उनले भने, ‘सहकारीको रक अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी प्राप्त हुने रकम बचतकर्तालाई फिर्ता गर्न सक्रिय कोष स्थापनाको लागि व्यवस्था गरेको छु । सहकारीको रकम अपचलन गर्ने सपत्ति र राहदानी पनि रोक्का गर्ने उनले बताए ।
