उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड विनियोजन हाम्रो अनलाईन १५ जेष्ठ २०८२ काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड बजेट विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा यस्तो घोषणा गरेका हुन् ।