नेपाल प्रहरीमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
काठमाडौं। नेपाल प्रहरीले जनपद समूहतर्फ प्रहरी जवान पदमा नयाँ भर्नाका लागि माग गरेको पद संख्या वृद्धि गरेको छ।
प्रहरीले आज सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नका लागि पहिले माग गरिएको १ हजार १६५ पदमा थप ६७७ पद थप गर्ने निर्णय गरिएको जानकारी दिएको हो।
यो सँगै अब कुल १ हजार ८४२ जनालाई प्रहरी जवान बन्ने अवसर प्राप्त हुनेछ। नयाँ संख्या अनुसार अब खुला प्रतिस्पर्धाबाट ९९३ जना छनोट गरिनेछन्।
यस्तै, समावेशी कोटामा आदिवासीरजनजातिका लागि २६०, मधेसीका लागि २२८, महिलाका लागि १६२, दलितका लागि १२२, पिछडिएको क्षेत्रका लागि ४० र अमर तथा अशक्त प्रहरी परिवारका लागि ३७ पद छुट्याइएको छ।

