बेपत्ता पूर्व वडा सदस्य मृत फेला

सांकेतिक तस्बिर

बाजुरा। बाजुराको गौमुल गाउँपालिका–३ का पूर्व वडा सदस्य धनबहादुर बोहरा मृत अवस्थामा फेला परेका छन्। आइतबार घट्टको पत्थर ल्याउने क्रममा गेरेनी खोला तर्ने बेला एकासी माथिबाट आएको बाढीले उनलाई बगाएको थियो।

बाढीले बगाएर बेपत्ता भएका बोहराको शव गौमुल गाउँपालिकाकै आगर भन्ने ठाउँमा सोमबार बिहान करिब ७ः३० बजे भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बेपत्ता उनलाई आइतबार स्थानीय र प्रहरीले खोजी गर्दा भेटेएका थिएनन्। आज बिहान खोलामा पानीको बहाव घटेपछि उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिए।