सम्पूर्ण किताब उत्सव – २०८२ को आयोजना गरिदै
प्रेम प्रसाद कडेल
चितवन। नारायणगढको सम्पूर्ण किताबले सम्पूर्ण किताब उत्सव -२०८२ गर्ने एक कार्यक्रमको बीच जानकारी गराएको छ। चितवनको साहित्य र किताब बजारको बृहत जानकारी प्रस्तुति एवम् ट्रेलर सार्वजनिक गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको अक्षर समूहका अध्यक्ष तथा कार्यक्रमका निर्देशक लेखराम सापकोटाले बताए। उत्सवको पहिलो संस्करण दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म शनिवार गैंडाकोटस्थित द नारायणी रिसोर्टमा हुनेछ। शैक्षिक परामर्शदाता संस्था एक्सपर्ट एजुकेशन चितवनको शिर्ष प्रायोजन किताब उत्सव आयोजना गरिएको कार्यक्रमका सह निर्देशक विनोदबाबु रिजालले जानकारी दिए।
पाँच वटा कृतिलाई एकैसाथ विमोचन गरेर उत्सव उद्घाटन हुनेछ। जसमा गजलसंग्रहहरु किसान प्रेमीको गजल संग्रह ‘अञ्जानमा गयौं कि’ , रामकृष्ण अनायासको ‘ अनायास ‘ सरस्वती पौडेलको ‘प्रत्युस’ एवम् रमेश प्रभातको निसमालोचना संग्रह ‘ अरु अलिकति फरक कुरा ‘ र भिम शर्मा सुवेदीको ‘कुण्डलिनी योग ‘ एकैसाथ विमोचन गरिनेछ। कार्यक्रमको शुभारम्भ डाक्टर एकनारायण ले ‘चितवनको साहित्य: गति र दिशा ‘ शिर्षकमा विद्वत प्रवचन प्रस्तुत गर्नेछन्।
विभिन्न चार शिर्षकमा ‘के पढ्छन् बालबालिका ‘ शिर्षकमा सहजकर्ता आकाश पौडेल र बालमनोविश्लेषक डा कर्ण बहादुर बानियाँ, शिक्षकले किन पढ्ने शिर्षकमा सहजकर्ता विपिन पाठक, ‘चितवनको किताब बजार हिजो र आज ‘ मा सहजकर्ता सूर्य प्रकाश कँडेल एवम् ‘कता जाँदैछ चितवनको साहित्य ‘ शिर्षकमा सहजकर्ता रमेश प्रभातको संयोजनमा बहस छलफल हुनेछ। कार्यक्रममा चितवन नवलपरासीका प्रबुद्ध साहित्यकार एवम् साहित्यिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता हुने आयोजकले जनाएको छ।

