पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलत: महामन्त्री थापा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले नेताहरुमाथि गरेको अनुशासनको कारबाही विधानसम्मत र समयसान्दर्भिक नरहेको बताएका छन्।
काठमाडौँमा सोमवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू त्यसबारेमा सभापति शेरबहादुर देउवासँग पनि कुरा गर्ने र पार्टीलाई बृहत एकताबद्ध बनाउन लाग्ने बताए।
उनले कांग्रेस अहिले चौतर्फी घेरामा रहेको भन्दै कोतपर्व जस्तै अनुशासन पर्व चलाइनु गलत भएको बताए।
उनले यो कारबाही समय, पार्टीको परम्परा, पार्टीको कानून, विधानका हिसावले पनि सही नभएको बताए। यसले पार्टीलाई थप कमजोर पार्ने बताए।
