को कति बेला जेल पर्छ भन्न सकिन्न: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कति बेला जेल पर्छ भन्न नसकिने बताएका छन्। आइतबार बालुवाटारमा बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिमा को कति बेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताए।
ओलीले दरबार हत्याकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभए पनि नेताहरूलाई जेल हालेको स्मरण गरे। ज्ञानेन्द्रको पालामा सरकारी राज्यका निकायहरू छोडेर आफ्ना खुसीले अराएका मान्छेले मुद्दा लगाउने, फसाउने काम भएको उनको भनाई थियो।
दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभने पनि प्रतिबन्ध लगाएको ओलीको भनाइ छ। ज्ञानेन्द्र शाहले नेताहरूलाई जेलमा लगेर थुन्ने, मुद्दा लगाउने, फसाउने र नेताहरूलाई मुद्दा लगाउनका लागि शाही छानबिन आयोग बनाएको बताए। राजाका त्यस्ता क्रियाकलापहरुका विरुद्ध आफू निरन्तर लडेको ओलीले स्मरण गराए।
