यु-२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी परिवर्त
काठमाडौं । एएफसी यु-२० महिला एसियन कप छनोट २०२५ का लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले साफ महिला यु-२० च्याम्पियनसिप खेलेको टोलीमा एक परिवर्तन गर्दै एएफसी महिला यु-२० एसियन कप खेल्न टोलीको घोषणा गरेका हुन् ।
उनले आइतबार मात्रै भुटानमा हुने छनोटका लागि अन्तिम २३ सदस्सीय टोली घोषणा गरेका हुन् । उनले बङ्गलादेशमा भएको साफ महिला यु-२० च्याम्पियनसिपमा उपविजेता भएको टोलीमा रहेकी डिफेन्डर झुमा विश्वकर्मालाई परिवर्तन गरेका हुन् ।
उनी मैदान उत्रिन पाएकी थिइनन्। उनको स्थानमा गुरुङले सजिना स्याङ्तानलाई टोलीमा समेटेमा समेटेका छन्। टोलीले आगामी भदौ २३ देखि २८ (अगस्ट ६-११, २०२५) सम्म भुटानमा आयोजना हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ।
नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा उत्तर कोरिया, आयोजक भुटान र साउदी अरब पनि छन् । छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यु-२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ।
