रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित
काठमाडौं। नागरिक उन्मुक्ति पार्टी ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको छ। बुधबार काठमाडौँमा बसेको राष्ट्रिय भेलाले उनलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पारित गरेको हो।
अध्यक्ष श्रेष्ठ पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि श्रेष्ठले शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाएकी थिइन्।बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाइएपछि पार्टीका संरक्षक रेशम चौधरीसहितका नेताहरूले असन्तुष्टि जनाएका थिए।
