आज मिति २०८२ साल साउन २७ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- आम्दानी बढ्नेछ र उठ्नु पर्ने रकम पनि हात लागि हुनेछ । धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । माल सामान चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन्।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- कामको दायित्व बढ्नेछ । परिवारजनमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । अरूको विश्वास जितेपनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस्। अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ। पढाइमा राम्रै प्रगति हुनेछ। पठन पाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । प्रतिष्ठित काम गर्ने मौका छ। व्यापार तथा उद्योगतर्फ फाइदा छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । प्रतिस्पर्धा वा मुद्दा मामिलामा विजयी भइनेछ। व्यवसायिक काममा राम्रै फाइदाको योग छ। आत्मविश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । राम्रै फाइदाको योग छ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- काममा सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनु पर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । पारिवारिक जमघटमा मन रमाउनेछ । मनपर्ने बस्त्र, अलंकार आदि उपहार पाइने योग छ । कामबाट फुर्सद मिल्नेछ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । प्रयत्न गर्दा व्यवसायिक काम सम्पादन हुनेछन् । इष्टदेवको पूजा उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस् । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा अलि सावधानी अपनाउनुपर्ला।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- रोकिएका काम सम्पादन हुनेछन्। पठन पाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। आर्थिक अभावले अलि सताउनेछ। काममा माता पिताको सहयोग प्राप्त होला। कृषि चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने समय छ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- आर्थिक उपार्जनमा सुधार आउनेछ । परिश्रम परेपनि काममा सफलता नै मिल्नेछ । भाग्योन्नतिको समय छ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । मान सम्मान बढ्नेछ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यवसायिक यात्राको सम्भावना छ । आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । अलि बाध्यताका काममा जुट्नुपर्ला। प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषि कर्म र व्यवसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ला।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ।