पाँच संसदीय समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसद् अन्तरगत बुधबार पाँच समितिको बैठक बस्दैछ। कानून, न्याय तथा मानिवअधिकार समिति बैठकमा कैलाली कारागारमा भएको घट्नाका सम्बन्धमा गृहमन्त्री रमेश लेखकसँग छलफल हुदैछ । बैठक बिहान १० बजे बस्नेछ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलले निरन्तरता पाउनेछ। बिहान १० बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भने भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि छलफल हुनेछ। मंगलबार पनि विधेयकमाथि छलफल गर्ने भनी बोलाइएको बैठक स्थगित भएको थियो।
भूमि मन्त्रालय छिटो विधेयक पारित गर्ने तयारीमा रहँदा सांसहरुले भने समय मागेका छन्। यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा उपसमितिले गरेका निर्णय सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ। बैठक बिहान ११ बजे बस्ने तय भएको छ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भने महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनमा समेटिएका मूलभूत पक्षमा छलफल गर्ने कार्यसूची छ। बैठक ११ बजे बोलाइएको छ ।
