सरकारले रवीन्द्र ढाँटलाई ५ लाख पुरस्कार दिने
काठमाडौं । सरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप नगद पुरस्कार घाषणा गरेको छ।
आफ्ना भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै च्याम्पियन बनेका ढाँटलाई मन्त्रिपरिषद बैठकले प्रोत्साहनस्वरुप पाँच लाख प्रदान गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका छन्।
प्रधानमन्त्रीले च्याम्पियन ढाँटका प्रशिक्षकलाई दुई लाख प्रदान गरिने निर्णय भएको पनि जानकारी दिएका छन्। गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गरेका थिए।
