यस्तो छ तरुण दलको पाँचौँ महाधिवेशनको तालिका

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलले पाँचौं महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेसले अनुमोदन गरी उक्त कार्यतालिका ल्याइएको हो । उक्त कार्यतालिका तरूण दलले ७७ जिल्ला कार्यसमितिमा पठाइसकेको जनाएको छ।

तरूण दलको लामो समयदेखि महाधिवेशन हुन नसकेपछि कांग्रेसले निर्देशन समिति बनाएर महाधिवेशन गराउन लागेको हो। गत चैतभित्र कांग्रेसले १३ भ्रातृ संस्थालाई महाधिवेशन गर्न भनेपनि ५ भ्रातृ संस्थाले मात्रै महाधिवेशन गरेका थिए। विद्वान गुरूङ अध्यक्ष रहेको तरूण दल तदर्थ कार्यसमितिलाई महाधिवेशन गराउन अन्तिमपटक म्याद दिइएको थियो ।

यस्तो छ कार्यतालिका 

१- २०८२ भदौ १५ गतेभित्र दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन सम्पन्न गर्ने ।

२- २०८२ साल भदौ मसान्तभित्र दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय र जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गरिसक्ने।

३- २०८२ साल कार्तिक २० गतेभित्र प्रदेश सभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्ने।

४- २०८२ साल कार्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने।

५- २०८२ साल मंसिर १० गतेभित्र सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने।

६- नेपाल तरूण दलको गौरवमय पाँचौं महाधिवेशन २०८२ साल मंसिर २६, २७ र २८ गते सम्पन्न गर्ने।