टप इन्ड सिरिजमा नेपालको लगातार तेस्रो हार
काठमाडौं। अष्ट्रेलियामा जारी टप इन्ड सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ। डार्बिनमा भएको लबर्न स्टार्स एकेडेमीविरुद्धको खेलमा १७६ रनको लक्ष्य पछ्याएको नेपाल ३१ रनले पराजित भयो ।
निर्धारित २० ओभरमा ७ विकेट गुमाएर नेपालले १४४ रन मात्रै बनाउन सक्यो । नेपालका ओपनर आशिफ शेखले ५३ रनको अर्धशतकीय पारी खेले । कप्तान रोहितकुमार पौडेलले ३३ रन बनाए । यस्तै कुशल भुर्तेलले २५ तथा कुशल मल्लले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् ।
त्यस अघि अस्ट्रेलियाको डार्बिनमा टस जितेर पहिला ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो। मेलवर्नका लागि ब्लाक म्याकडोनाल्डले ७४ र थोमस रोजर्सले ६५ रन बनाए । नेपालका सन्दीप लामिछानले ३ र सोमपाल कामीले २ विकेट लिए। त्यस्तै शहबाज आलमले १ विकेट लिए ।
नेपाल यसअघि एनटी स्ट्राइक्स र बंगलादेश ‘ए’सँग पराजित भएको थियो । नेपालले अर्को भोलि होबर्ट हुरिक्यान्ससँग, बुधबार मेलवर्न रेनेगेड्स र आगामी शुक्रबार पाकिस्तान ए सँग खेल्ने तालिका रहेको छ ।
