अबको विकल्प संघीय जनगणतन्त्र

” कम्युनिस्टहरू आफ्ना विचार र उद्श्येहरु छिपाउने कुरालाई घृणाको दृष्टिले हेर्दछन् । उनीहरू स्पष्टै के कुरा घोषणा गर्दछन् भने तमाम विद्यमान अवस्थालाई बलपूर्वक पल्टाएर नै उनीहरूको लक्ष्य प्राप्त गर्न सक्छन् ।कम्युनिस्टहरू क्रान्तिको भयले शासक वर्ग काम्ने गरुन् । सर्वहारा वर्गसंग गुमाउनका लागि नेल र हदकडी बाहेक केही पनि छैन तर जित्नका लागि सारा संसार खडा छ ।”
                                 – कार्ल मार्क्स , एंगेल्स , कम्युनिस्ट घोषणापत्र ।
 
“क्रान्तिका लागि क्रान्तिकारी पार्टी आवश्यक पर्दछ।”
                                                       – लेनिन 
 
“क्रान्ति हुनुछ भने क्रान्तिकारी पार्टी हुनैपर्छ ।क्रान्तिकारी पार्टीबिना ,मार्क्सवादी – लेनिनवादी क्रान्तिकारी सिध्दान्त र क्रान्तिकारी पध्दतिनुसार बनेको पार्टी बिना साम्राज्यवाद तथा यसका दलालहरुलाई पराजित गर्न मजदुर वर्ग र किसनजनसमसदायलाई नेतृत्व गर्नु असंभव छ ।” 
        – माो त्सेतुङ , संसारका क्रान्तिकारी शक्तिहरु एक होऊ, साम्राज्यवादी आक्रमणका विरुद्ध जुध ( नोभेम्बर १९४८ ) ।
 
नेपालको जेन – जी पुस्ताद्वारा  यही २०८२ साल भाद्र २३  गते ( सन २०२५ सेप्टेम्बर ८ ) का दिन जुन नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले ) बीचको केपी शार्मा ओली नेतृत्वको फासीवादी , तानाशाही सरकारले चरम भ्रष्टाचार , कुशासन , बेथिति र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धका विरुद्ध राजधानी काठमाडौंको माइतीघर मण्डेलामा शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रम राखिएको थियो। उनीहरू विरोध प्रदर्शनकै क्रममा नयाँ बानेश्वरस्थित संसद भवनको दक्षिणी गेटमा पुगेर ” भ्रष्टाचार नियन्त्रण गर , सुशासनको व्यवस्था गर , सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबद्ध तुरुन्त हटाऊ ,आफ्ना छोराछोरीहरुलाई महंग र सुबिधा युक्त स्कुल र कलेजहरुमा र विदेशमा पढाउने , उचित शिक्षा,महंगो शिक्षाको शिकार भइरहने, यी सबै बेथितिहरुलाई तुरुन्तै हटाऊ ” भन्दै कापी कलम , पुस्तकहरु बोकेका, स्कुल , कलेज कै ड्रेसमा शान्तिपूर्ण नारा लगाइरहेको सामान्य अवस्थामा पुलिस चलायो । उक्त गोली काण्डमा तत्कालै १९ जना होनहार युवाहरुको बर्बरतापूर्ण तरिकाले हत्या गरियो । करीब ५०० जति विद्यार्थीहरुलाई घाइते बनाइयो । 
       
जेन – जी पुस्ताले हत्यारो प्रधानमन्त्री केपी शर्मा ओली र अर्को हत्यारो गृहमन्त्री रमेश लेखकको राजिनामा माग गरेको थियो । गृहमन्त्री लेखकले त्यसै दिनको राति पदबाट राजिनामा दिए भने प्रधानमन्त्री ओलीले राजिनामा दिनु त कहाँ हो कहाँ उल्टै विद्यार्थीहरुलाई गिंज्याउदै र होच्याउने खालका अभिव्यक्ति मात्र दिएनन् , उनले हेपाह र अहंकारी तथा घमण्ड प्रदर्शन गर्दै मलाई कसले के गर्न सक्छ भन्ने अभिव्यक्ति दिए। 
     
त्यसरी जेन – जी पुस्ताले अगाडि सारेका जायज मागहरुलाई पुरा नगरेर उल्टै उत्यजित हुने व्यवहार प्रदर्शन गरे पछि जेन – जी पुस्ताको आक्रोश जनविद्रोहमा परिणत भयो । जसका कारण महाभ्रष्ट नेताहरुका आवास र आलिसान महलहरुमा आगजनी र तोडफोड , ढुंगामुढा शुरु भयो । यसका साथै सरकारी भवनहरु सिंहदरबार , संसद भवन , सर्वोच्च अदालत  , पुलिस कार्यालयहरु  समेत देशैभर सैयौं सरकारी भवन , अदालतहरु जलाइए ।  त्यस्तै उच्च घराना र दलाल व्यापारीहरुका घर , डिपार्टमेन्ट स्टोरहरुमा पनि आगजनी र तोडफोड गरिएको थियो । ती घटनाहरुमा घुसपैठ भयो र सम्पत्ति लुटपाट भएको अवस्था पनि रहयो । यस प्रकारका दुखत घटना घट्नुमा , राज्य पक्ष नै जिम्मेवार रहेको छ ।
 
केपी ओलीको राष्ट्रघात , जनघात , कुशासन , पाखण्डीपन , नम्छरो प्रवृत्ति ,  अहंकार , घमण्ड , तानाशाही , निरंकुश  तथा फासीवादी चरित्र 
   नेपालको जेन – जी पुस्ताद्वारा यही २०८२ साल  भाद्र २४ गते ( सन २०२५ सेप्टेम्बर ८ ) का दिन गरियो शान्तिपूर्ण जनविद्रोह संसार कै पहिलो घटना हो  । किनभने मानव समाजको विकासको क्रममा ईपू ७१ वर्ष पहिले रोमन दास स्पार्टाकसले गरेको दास विद्रोह , सन १८७१ को पेरिस कम्युन , सन १९१७ को महान् रुसी अक्टोबर समाजवादी , क्रान्ति , सन १९४९ सम्पन्न महान् चिनियाँ नयाँ जनवादी क्रान्तिका , भियतनामी क्रान्ति , व्युवाली क्रान्ति भएका थिए , जुन क्रान्तिहरुले नयाँ युगको सूत्रपात गरेका थिए । संसारमै पहिलोपटक सर्वहारा वर्गलाई राज सत्ताको मालिक बनाइएको थियो र सर्वहारा वर्गको अधिनायकत्व कायम गरिएको थियो ।
     
ती संसारलाई परिवर्तन गर्ने राजनीतिक घटनाहरु निश्चित दर्शन , निश्चित सिध्दान्त , विचार , विश्वदृष्टिकोण र लक्ष्य , उद्श्येका सात योजनाबध्द ढंगले सञ्चालन गरिएका थिए र ती राजनीतिक परिवर्तनहरु सम्पूर्ण मजदुर , किसान , श्रमजीवी वर्ग , उत्पीडित जनसमुदायहरुको बिशाल सहभागीमा दास विद्रोह बाहेक  क्रान्तिहरु  कम्युनिस्ट पार्टीहरुको नेतृत्वमा गरिएका थिए । 
       
विद्यार्थी आन्दोलन कुरा गरिरहँदा चीनको ४ मे विद्यार्थी आन्दोलनलाई लिइन्छ । सन १९१९ मे ४ का दिन चिनियाँ विद्यार्थीहरुले राजधानी पेकिङमा बिशाल प्रदर्शन गरेका थिए । त्यस विद्यार्थी आन्दोलनमा कमरेड माओ त्सेतुङ पनि सहयोगी हुनुहुन्थ्यो भन्ने इतिहास छ । त्यस विद्यार्थी आन्दोलनले सन १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी निर्माणमा कोसेढुङणगाको काम गरेको थियो र २८ वर्ष पछि अर्थात् सन १९४९ अक्टोबर १ दिन चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो जुन क्रान्ति विश्वको राजनीतिक इतिहासमा एक ऐतिहासिक , अविस्मरणीय र प्रेरणादायी रहेको छ ।    
     
यस अतिरिक्त नेपालमा पनि २०३५/ ३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलन , २००७ को जनआन्दोलन , २०४६/ ४७ सालको संयुक्त जनआन्दोलन , २०६२/ ६३ सालको १९ दिने जनआन्दोलन सम्पन्न भएका थिए र ती तीनवटै जनआन्दोलनको बलमा सत्ता पनि परिवर्तन भएको इतिहास ताजै छ ।
         
तर जेन – जी पुस्ताले गरेको विद्रोह ती क्रान्तिका तरिका भन्दा फरक थियो र मागहरु पनि माथि नै उल्लेख गरिएको छ सिमित र फरक थिए । तर राज्य पक्षले जुन सवैया देखायो , बर्बर हत्याकाण्ड मच्चायो र सरकार नै अपदस्त हुन पुग्यो , जसका कारण यो विश्वकै पहिलो र ऐतिहासिक घटना बन्न पुग्यो । संसारभर कै  युवा पुस्ता र  जनताका  लागि प्रेरणाको श्रोत बन्न पुगेको छ । यसको यस प्रकारको गौरवमय इतिहासलाई संसारको कुनै पनि ताकतले मेट्न सक्ने छैन ।
       
विडम्बना ती नेपाली आमाका असल र आँटी छोराछोरीहरु अर्थात्  नेपाली धर्तीका ती होनहार युवा योध्दाहरुको रगत खेर गयो । ती महान् युवा सहिदहरको रगतलाई उहीँ पुरानै घोर तानाशाही , घोर अत्याचारी , घोर फासीवादी दलाल संसदीय   व्यवस्थालाई ब्यूँऊताएर ती महान् युवा सहिदहरुको रगतलाई पानी तु्ल्य बनाइयो ।
     
घटना घटेकै दोस्रो दिन २०८२ साल भाद्र २४ गते ( सन २०२५ सेप्टेम्बर ९ ) दिन प्रधानमन्त्री केपी शर्मा ओली लगायत सबै  भूपू प्रधानमन्त्रीहरु भागेर ज्यान सुरक्षाको निम्ति नेपाली सेनाको क्याम्पमा सरणार्थीमा पुगे । त्यसै दिन राति देखि नेपाली सेनाले देशलाई कब्जामा लियो । त्यस पछि साम्राज्यवादी तथा विस्तारवादीहरुको नांगो हस्तक्षेप भयो । र साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको ग्राण्डडिजाइन र निर्देशनमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा तथाकथित अन्तरिम सरकार गठन गरियो । र , संसद विघटन गरियो र आगामी फागुन २१ गतेका लागि तथाकथित मध्यावधि निर्वाचनको घोषणा गरिएको कलाहिन नाटक मञ्चन गरियो ।
     
सुशीला कार्की नेतृत्वको कथित चुनावी सरकार संसदवादी दलहरू नेपाली काँग्रेस , एमाले र माओवादी केन्द्रको सल्लाह र सहमतिको आधारमा बनेको छनक पाइएको छ । किनभने प्रधानमन्त्री र मन्त्रीहरुमा प्रधानमन्त्री नेपाली काँग्रेसको कोटाबाट बनेको स्पस्टै छ । सुशीला कार्की काँग्रेस हो र अन्य मन्त्रीहरु जो भूपू व्युरोक्र्याट र अन्य क्षेत्रबाट ल्याइएको छ , ती तीनवटै दलहरु नेपाली काँग्रेस , एमाले र माओवादी केन्द्र निकटका व्यक्तिहरु ल्याइएको छ । ती तीन दलको भागबन्डामा ल्याइएको प्रष्टै छ । 
     
कार्की सरकार जुन सरकार बनाउने बेला जेन – जी पुस्ताले  यही भाद्र २३ र २४ गते घटाइएको हत्याकाण्डको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेर हत्याराहरुलाई पक्राउ गरेर तुरुन्तै जेल हाल्ने र हदैसम्मको सजाय दिलाउने , २०४६ सालपछि र हालसम्म उच्च ओहदामा रहेकाहरु , सभाषद , मन्त्री , नेता , राजनीतिक नियुक्ति पाएका व्यक्तिहरु , संवैधानिक अंगमा राजनीतिक नियुक्ति पाएका व्यक्तिहरु , सबै भ्रष्ट ब्युरोक्र्याटसहरु सबैको सम्पत्ति छानबिन गर्न उच्च स्तरीय छानबिन आयोग गठन गर्ने र भ्रष्टहरुलाई कानुन बमोजिम कार्यवाही गर्ने सहमति भएको थियो । तर अस्थायी  कार्की सरकार जेन – जी पुस्तासंग भएका ती महत्त्वपूर्ण सहमतिहरलाई लत्याएर फागुन २१ गरिने भनिएको मध्यावधि चुनावको तानाबाना बुन्नमै सम्पूर्ण ताकत लगाइरहेको छ । यस परिणामले होनहार युवाहरूको रगतमाथि तुषारापात भएको छ ।
       
यसलाई क्रान्तिकारी धारमा रुपान्तरण गरेर महान् नेपाली क्रान्ति र आमूल सामाजिक क्रान्तिप्रति परिलक्षित यो महान् तथा बलिदानीपूर्ण जनविद्रोहलाई क्रान्तिकारी नेतृत्व गर्ने शक्तिशाली क्रान्तिकारी कम्युनिस्ट पार्टीको अभावले गर्दा उपलब्धिको रक्षा हुन सकेन । एउटा कुरा यो रहयो भने अर्को कुरा क्रान्ति सचेतनापूर्ण तयारी र योजनाका सात मात्र सम्पन्न गरिने मार्क्सवादी – लेनिनवादी – माओवादी मान्यता छ । यो युवा विद्रोह आकस्मिक घटना जस्तो भए पनि २६ वर्षे दलाल संसदीय व्यवस्थाले गरेको राष्ट्रघात र जनघातको परिणाम थियो । तर पनि यसलाई परिणाममुखि बनाउने कम्युनिस्ट पार्टीको वस्तुगत अवस्था परिपक्व हुँदाहुँदै पनि आत्मगत अवस्थामा  कमि र अपुगका कारण केही पनि हुन सकेन । यो नै महान् नेपाली क्रान्तिको  कठिन तथा जटिल  अवस्थाको विडम्बना नै हो ।
   
यस जनविद्रोहलाई पहलकदमी र नेतृत्व प्रदान  गर्ने अवस्थामा कमि हुनुको मुख्य कारण महान् दस वर्षे जनयुद्धको रक्षा गर्न नसक्नु , नेतृत्वमा आएको वैचारिक विचलनका कारण मुख्य नेतृत्वले साम्राज्यवाद , विस्तारवाद लगायतका देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुका सामु लम्पसार परेर आत्मसमर्पण गरेर सत्ता लिप्साको लालचामा फसेर संसदीय भाषामा चुर्लुम्ब डुबेपछि  माओवादी आन्दोलन विसर्जन हुनु , माओवादी आन्दोलन भित्र कै क्रान्तिकारी खेमा भित्र पनि फुट , विभाजनका श्रृङखलाहरु थपिँदै जानु , बाँकी क्रान्तिकारी धाराले पनि कमीकमजोरी बाबजुद क्रान्तिको तयारी र क्रान्तिका कामलाई अगाडि बढाउन नसक्नु कुराहरु छन् ।  
     
त्यसैले अबको विकल्प के हो  त ? भन्ने कुरा आउँछ । यसमा यस दलाल संसदीय व्यवस्थाको नयाँ जनवादी व्यवस्था हो । सैध्दान्तिक रुपमा भन्नु पर्दा संघीय जनषणतन्त्रात्मक व्यवस्था हो । अर्थात् महान् नयाँ नेपाली जनवादी क्रान्ति हो । त्यसपछि वैज्ञानिक समाजवादी व्यवस्था हुँदै वैज्ञानिक साम्यवादमा पुग्ने कुरा हो । 
   
यसको प्राप्तिका लागि हाम्रोजस्तो देशमा माथि कार्ल मार्क्स , लेनिन ,  माओ त्सेतुङकै शब्दमा भन्नु पर्दा क्रान्तिका निम्ति क्रान्तिकारी कम्युनिस्ट पार्टीको आवश्यक पर्ने , क्रान्तिका निम्ति क्रान्तिकारी विचार आवश्यक पर्ने भएकोले नेपालका कम्युनिस्टहरूले यी सर्तहरु पुरा गरेको विशाल ,एक एकीकृत कम्युनिस्ट पार्टी  , एक लडाकु कम्युनिस्ट पार्टी  , एक क्रान्तिकारी कम्युनिस्ट पार्टी , एक अनुशासनबध्द , एक मिलिट्यान्ट पार्टी निर्माण गर्न आवश्यक छ । महान् नेपाली क्रान्ति अवश्यम्भावी छ । यी कामहरु गर्ने हो भने सेप्टेम्बर विद्रोहका महान् सहिदहरु लगायत सम्पूर्ण नेपाली क्रान्तिका महान् सहिदहरुको रगत पानीसरह खेर जाने छैन ।
 
लेखक : वरिष्ठ मार्क्सवादी दार्शनिक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।