सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति ?
काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ८ सयले बढेर तोलाको २ लाख १६ हजारमा कारोबार भइरहेको छ। यसअघि विहिबार सुन तोलाको २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर २५८० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि विहिबार चाँदी तोलाको २५२० मा कारोबार भएको थियो।
