नेकपा बहुमतका बलम्पाकी र क्रान्तिकारीका योगी कम्युनिस्ट समाजवादी पार्टीमा प्रवेश,संयोजक गजुरेलले गरे स्वागत
काठमाडौं। महोत्तरीका दुई जना वामपन्थी नेताले पुराना पार्टी छाडेर कम्युनिस्ट समाजवादी पार्टी नेपाल रोजेका छन्। नेकपा बहुमत महोत्तरी जिल्ला पार्टी सेक्रेटरी तुलबहादुर बलम्पाकी ‘आकाश’ र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला समिति सदस्य जनक योगी शुक्रबार औपचारिक रूपमा समाजवादी पार्टीमा प्रवेश गरेका हुन्।
कम्युनिस्ट समाजवादी पार्टी नेपालका संयोजक हरिकृष्ण गजुरेल ‘भास्कर’ले खादा ओढाएर दुवै नेतालाई स्वागत गरेका थियो।
नयाँ प्रवेश गरेका नेताहरूले आफूहरूले जनतामुखी राजनीति, विचारधारामा स्पष्टता र संगठनमा क्रान्तिकारी गतिशीलताका कारण समाजवादी पार्टी रोजेको दाबी गरेका छन्। उनीहरूको भनाइ अनुसार पुराना पार्टीहरू विचारधारा र व्यवहारमा कमजोर बनेका कारण वैकल्पिक बाटो रोज्नुपर्ने अवस्था आएको बताएका छन्।
कम्युनिस्ट समाजवादी पार्टी नेपालले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय व्यवस्था, शिक्षा र स्वास्थ्य सेवा निशुल्क बनाउने, भ्रष्टाचार उन्मूलन र सामाजिक न्यायजस्ता एजेन्डाहरू अघि सारेको छ। बलम्पाकी र योगीले यिनै जनतामुखी र व्यावहारिक कार्यक्रमहरूले आफूहरूलाई पार्टीतर्फ आकर्षित गरेको बताएका छन्।
महोत्तरी पुगेका संयोजक गजुरेलले भने,नेपालको राजनीतिक परिवर्तनको यो निर्णायक मोडमा देशलाई वास्तविक समाजवादतर्फ लैजान प्रत्यक्ष कार्यकारी राष्ट्रपति र शिक्षा तथा स्वास्थ्य निशुल्कजस्ता मुद्दाहरू अपरिहार्य छन्। बलम्पाकी र योगी जस्ता प्रतिबद्ध र अनुभवी नेताहरूको आगमनले हाम्रो अभियानलाई थप सशक्त र व्यापक बनाउने आश गरेको बताए।
उनले थप पार्टीले जनताका तत्काल आवश्यकताहरूलाई सम्बोधन गर्दै दीर्घकालीन राष्ट्रिय विकासका लागि ठोस नीति र कार्यक्रम अघि सारेको छ। हामी केवल नारा मात्र नभएर व्यावहारिक समाधानका साथ अघि बढ्दै गएको गजुरेलले बताए। बलम्पाकी र योगी जस्ता प्रतिबद्ध नेताहरूको आगमनले हाम्रो पार्टीलाई थप सशक्त र बलियो बनाउने छ।
