आज असोज ०७ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ । काम बिग्रने डर भएपनि मेहनत गर्दा फाइदा हुनेछ। थोरै लाभ भएपनि ठूलो आवश्यकता पूरा हुनेछ । गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ तर साँझतिर ईर्ष्या गर्नेहरूले फसाउन सक्ने सम्भावना छ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरी सुधार गर्ने मौका मिल्नेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नु उपयुक्त हुनेछ। प्रतीक्षित नतिजाले साँझदेखि उत्साह बढाउनेछ । तार्किक क्षमताले सम्मान दिलाउनेछ तर अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- केही खर्च लागेपनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । तर, भेटघाटले काममा बाधा पुर्याउन सक्छ । आँटले काम लिन नसक्दा पछि पर्नुपर्ने स्थिति आउन सक्छ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- अवसर आएपनि मौकामा लाभ लिन नसक्ने अवस्था देखिन्छ । ठूलो प्रयत्न गर्दा सामान्य फाइदा मात्र हुनेछ । बुद्धिको प्रयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यले फाइदा दिलाउनेछ । काम गर्दा चुनौती आइलाग्नेछन् तर खर्च लागेपनि दिगो फाइदा हुनेछ । रोकिएका काम सम्पादन हुनेछन्।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- सर सापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय हुन सक्छन् । स्वास्थ्यको कमजोरीले पढाइमा बाधा पुर्याउन सक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ । अर्थ संग्रहमा बाधा पुग्ने भएकाले समयलाई बेवास्ता नगर्नुहोला।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- सजिलै काम बन्नाले उत्साह बढ्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । जटिल काम पूरा हुनाले पराक्रम र उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। तर्क शक्ति बढ्नुका साथै रोकिएका काम पूरा हुनेछन्। आलोचकहरूलाई जवाफ दिन सकिनेछ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । बिग्रिएको सम्बन्ध सुधार गर्ने अवसर छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। मनग्य धन आर्जन हुने देखिन्छ तर पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रनाले समस्या उत्पन्न हुन सक्छ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- वैदेशिक कामकाजमा फाइदा हुनेछ । मनको डर उत्साहमा रूपान्तरण हुनेछ। टाढाको यात्रा गर्ने मौका मिल्नेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। तर, अवसर पाउँदा पनि अरूको मुख ताक्ने बानीले पछि पार्न सक्छ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- टाढिएका साथीभाइ नजिकिएर हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । तर, सोखले खर्च बढाउनेछ भने वैधानिक प्रावधानले अधिकार खुम्च्याउन सक्छ। आफ्नै कमजोरीले अवसर गुम्न सक्छ । विगतको श्रमबाट सामान्य लाभ भएपनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुने सम्भावना छ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने सम्भावना छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। साँझदेखि कामको चाप घटेर फुर्सद पाइनेछ । शुभचिन्तकहरूसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरी सुधार गर्ने अवसर मिल्नेछ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका मिल्नेछ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुने समय छ । सोचेका काम बन्नेछन् र विभिन्न अवसर प्राप्त हुनेछन् । दीर्घकालीन फाइदा हुने काममा हात हाल्न सकिनेछ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- रचनात्मक काम सुरु गर्ने अनुकूल समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन्। साँझतिर महत्वाकांक्षी योजना फलीभूत हुन सक्छन् । कार्य क्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ।
