तुइन खोलामा फेरि पहिरो खस्यो,मुग्लिन-नारायणगढ सडक अवरूद्ध
काठमाडौं। तुइन खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध भएको छ। तीन दिन लगाएर हटाएको पहिरो खसेकै ठाउँमा आज बिहान फेरि पहिरो झरेपछि सडक पुन अवरुद्ध भएको हो।
पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। पहिरो खस्दा पृथ्वी राजमार्ग पनि गएरातिदेखि नै अवरुद्ध छ।
मलेखु–मुग्लिन सडक खण्डको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलामा ठूलो पहिरो खस्दा गएराति सवा १० बजेदेखि नै सवारी दुईतर्फी नै अवरुद्ध छ। त्यहाँ पहिरो खसिरहेका कारण अवरोध हटाउन तत्काल सम्भावना नरहेको बताइएको छ।
