आज असोज १४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्यमा समस्या आउन सक्छ । साथै उपचारका लागि खर्च हुनेछ । गरेका कार्यहरू हतारमा पूरा नहुने, पूरा भएपनि मेहनत अनुसारको परिणाम नपाइने योग छ । काममा बाधा आउनुका साथै आर्थिक हानी हुन सक्छ । रोगको कारण धन नाश हुने सम्भावना छ ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- जाँगरमा सुधार आउनेछ । आफन्तको सहयोगले रोकिएका काम बन्नेछन् । प्रयास अनुसार कार्य सफलता पाउनेछ । समस्या समाधान हुनेछ । अन्न र धनको लाभ हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । साथी भाइसँगको भेटघाटले मन रमाउनेछ र पैसाको प्रशस्त कारोबार हुनेछ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुनेछ । यात्राको योग छ । समस्याहरू आफैं समाधान हुनेछन् । धैर्य बढाउन सके राम्रो समय हुनेछ । परिश्रम व्यर्थ नजानेछ । अर्थ लाभ र प्रगतिको सम्भावना प्रशस्त छ । यात्राबाट पनि लाभ हुने समय छ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी र परिवारबाट सुख शान्ति प्राप्त हुनेछ । यात्राको लागि अनुकूल समय छ । कृषि कर्म तथा व्यवसायिक क्षेत्रमा केही चुनौती आउन सक्छ । अनौठो तर लाभदायक यात्राको सम्भावना छ । तर, सामान बिग्रने वा परिवारमा हल्का विवाद हुने योग पनि छ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- सोचे अनुसार काम नहुनेछ । दिएको पैसा पनि फिर्ता नपाइने सम्भावना छ । परिवारबाट अपेक्षित सहयोग नपाउँदा व्यवहारिक कठिनाइ हुनेछ । खर्च बढ्नेछ जसका कारण मन अशान्त रहनेछ । सामान्य रोगले पनि सताउन सक्छ ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आज समय अलमल गराउने खालको हुनेछ । काममा ध्यान कम जान सक्छ । तर, आटे गरेका काम पूरा हुनेछन् । समस्याको समाधान हुनेछ । परिवारबाट सुख मिल्नेछ । प्रेम सम्बन्धमा केही सुधार आएपनि मानसिक तनाब रहन सक्छ । सोचेका सबै काम भने पूरा नहुन सक्छन् ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- पारिवारिक सुख प्राप्त हुनेछ । आत्मबल बढ्नेछ । व्यापारमा सोचे अनुसारको फाइदा हुनेछ । अर्थ लाभ हुनेछ । व्यापार व्यवसायमा लाभदायक समय छ । शत्रु र रोग पन्छाउन अनुकूल समय छ । पढाइमा भने आज खासै प्रगति नहोला ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- पशु चौपाया प्राप्त हुने वा नयाँ सामान खरिद गर्ने योग छ । आकस्मिक रूपमा सफलता वा असफलता मिल्ने समय छ । पैसाको कारोबार हुनेछ । गरेका काम सफल हुनेछन् । अधुरा काम पनि पूरा हुनेछन् । तर, पैसा अनावश्यक रूपमा खर्च हुने सम्भावना छ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- अनावश्यक डर र वादविवाद हुन सक्छ, समय राम्रो छैन । गरेका काम अधुरा रहनेछन् । स्वास्थ्यले पनि साथ नदिन सक्छ। कसैसँग सामान्य विवाद वा झै–झगडाको सम्भावना छ । मनमा डर र अशान्ति बढ्नेछ । सावधान भएर काम गर्नु उचित हुन्छ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- घर परिवारमा खटपट हुन सक्छ । व्यवहारिक समस्याले सताउनेछ । काम अधुरै रहँदा मन खिन्न हुनेछ । परिवारबाट पर्याप्त सहयोग नपाइने सम्भावना छ । केही व्यक्तिबाट सम्मान पाउने तर केहीले अनावश्यक भय देखाउने खालको मिश्रित समय हुनेछ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- घरायसी वातावरणमा सुमधुर सम्बन्ध रहनेछ । दिन रमाइलोसँग बित्नेछ । रोकिएका काम पूरा हुनेछन् । व्यवहारिक समस्या समाधान हुनेछन् । नयाँ काम थाल्ने अनुकूल समय छ । धार्मिक तथा सामाजिक कार्यक्रममा सहभागी हुँदा मन रमाउनेछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- कृषिजन्य व्यवसाय वा व्यापारबाट राम्रो फाइदा हुनेछ । दान पुण्यतर्फ आकर्षण बढ्नेछ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने समय छ । अनपेक्षित ठाउँबाट आर्थिक लाभ हुने योग छ । साथीभाइसँग छलफल र वार्तालाप हुनेछ । त्यसबाट धन लाभको बाटो पत्ता लाग्नेछ ।