टोखामा एक युवकको हत्या, २ जना पक्राउ
काठमाडौं । टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक युवकको हत्या भएको छ। चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको हो।
हत्या आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई राति नै पक्राउ गरेको छ ।
उनीहरूले बादविवादको क्रममा फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए। उपचारका लागि ट्रमा सेन्टर पठाइएको उनको मृत्यु भएको थियो। पक्राउ परेकाहरुमाथि प्रहरी हत्या आरोपमा अनुसन्धान अघि बढाएको छ।
