हुम्ला जिप दुर्घटना,घाइते लिन नेपाली सेनाको हेलिकप्टर जाँदै

फाइल तस्वीर

हुम्ला । हुम्लाको चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकाहरूलाई लिनका लागि नेपाली सेनाको हेलिकप्टर हुम्ला उडेको छ। सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर हुम्लाका लागि उडिसकेको हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए।

चंखेली गाउँपालिका-४ बेशी खोला स्थितभित्री सडक खण्डमा मेल्छामबाट पिप्लाङ तर्फ जाँदै गरेको कर्णली प्रदेश ०२००१ च १०९१ नं.को डबल क्याप जिप अनियन्त्रित भई सडकदेखि ३०० मिटर तल खस्दा १२ जना घाइते भएका थिए।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ। उनीहरूको उद्धार गरी उपचारका लागि स्थानीय पिप्लाङ बर्थिङ सेन्टरमा पुर्‍याइएको छ। तर त्यहाँ उपचार सम्भव नभएकोले थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी स्वरूप हेलिकप्टर माग गरिएको उनले बताए।