विपिनको आज महाकाली किनारमा अन्त्येष्टि गरिँदै
काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिँदै छ।
इजरायलबाट काठमाडौं हुँदै सोमबार बेलुका भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्याइएको उनको शवयात्रा बिहान ८ बजे भीमदत्त नगरपालिकाबाट सुरु भई महाकाली नदीको भुजेला घाट लगिने छ।
राति अबेर घरमा शव पु¥याइएकाले आज बिहान महाकाली नदी किनारमा लगेर अन्त्येष्टि गर्न लागिएको हो। विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए।
दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल पुगेका विपिनको हमास लडाकुको नियन्त्रणसँगै हत्या भएको थियो । तिहारको बेला विपिनको शव घर आइपुग्दा सन्नाटा छाएको छ ।
