भरतपुरमा स्कुटर दुर्घटना हुँदा दुई युवाको मृत्यु
काठमाडौं । चितवनमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भरतपुर विमानस्थल नजिकै आज बिहान बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र पछाडि सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको हो ।
दुर्घटनामा दुवै जनाको टाउकोमा चोट लागेर गम्भीर अवस्थामा उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । तर, उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।
