अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । समित पटेल र मिलिन्द कुमारको विशाल साझेदारीसँगै अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई २६३ रनको लक्ष्य लिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनाएको हो । अमेरिकाका समितले सर्वाधिक ७५ रन बनाए । उनले १०० बल ९ चौका प्रहार गरे । तेस्रो विकेटका लागि मिलिन्दसँग उनले ९५ रनको साझेदारी गरेपछि अमेरिकाले खेलमा पुनरागमन गरेको हो ।

मिलन्दले भने अविजित रहँदै ७० रन बनाए । उनले ५० बलभमा ६ चौका र २ छक्का प्रहार गरे । उनीबाहेक सैतेजा मुक्कामल्लले ४२ र शुभम रञ्जनेले १९ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५६ रन खर्चिए। सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको नाममा समान १ विकेट रह्यो ।