दुर्गा प्रसाईसँग उपत्यकाका तीनै जिल्लाका सीडीओ र प्रहरी प्रमुखले गरे छलफल

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा प्रहरी प्रमुखहरूले संयुक्त छलफल गरेका छन् ।

छठ पर्वपछि आन्दोलन गर्ने प्रसाईँको घोषणालाई लिएर सीडीओहरूले यो छलफल आयोजना गरेका हुन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आइतबार प्रसाईँलाई बोलाएर छलफल गरिएको काठमाडौंका सीडीओ इश्वरराज पौडेलले जानकारी गराएका छन् ।

छलफलमा तीनै जिल्लाका सीडीओ र प्रहरी प्रमुखहरूको उपस्थिति थियो । प्रसाईँले व्यक्त गरेका विचार र सामाजिक सञ्जालमा प्रसारित सामग्रीहरूमा पनि विस्तृत छलफल गरिएको जनाइएको छ । प्रमुखहरूसँगको छलफलमा प्रसाईँ तत्काल आन्दोलनका कार्यक्रम नरहेको जानकारी गराएका जनाइएको छ ।