सुन तोलाको १९ सय घट्यो,प्रतितोलाको कति ?
काठमाडौं। नेपाली बजारमा आज बजारमा सुनको मूल्य घटेको छ। हिजो २ हजार नौ सय रुपैयाँ बढेको छापावाल सुन आज तोलामा १ हजार नौ रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँ तोकेको छ।
हिजो सुन २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको छ।
हिजो आइतबार ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि ३ हजार १ सय १५ रुपैयाँ तोकिएको छ।
