आज पौष २४ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

मेष- धन, मान प्रतिष्ठा प्राप्त हुने योग छ। नोकरी तथा राजनीतिमा आफ्नो प्रभाव बढाउन सकिनेछ । गरेको कामको कदर भई प्रतिष्ठा उकासिनेछ । पढाइ तथा व्यापारमा प्रगति हुने अनुकूल दिन छ।

वृष- सामाजिक उत्तरदायित्व प्राप्त हुने योग छ। नयाँ काम तथा जिम्मेवारी हात लाग्ने सम्भावना छ। प्राविधिक क्षेत्रमा सफलता मिल्नेछ । आत्मविश्वास बढ्नेछ भने वैदेशिक क्षेत्रमा गरिएको लगानी व्यर्थ जाने छैन।

मिथुन- बौद्धिक क्षमता प्रखर भई सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ। व्यापारमा फाइदा हुने संकेत छ। रोकिएका घरेलु कामहरू क्रमशस् बन्नेछन् । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा लाभ हुनेछ।

कर्कट- घरायसी सम्पत्ति सम्बन्धी चिन्ताले सताउन सक्छ। विगतका कमजोरी र गल्तीका कारण मानसिक तनाव उत्पन्न हुन सक्छ । केही चुनौतीको सामना गर्नुपर्ने देखिएपनि सहयोगीहरूको साथ पाउन सकिनेछ। स्वास्थ्य प्रति सचेत रहनु आवश्यक छ।

सिंह- आम्दानी बढ्ने र उठ्न बाँकी रकम प्राप्त हुने समय छ। कृषि तथा पशुपालनमा लाभ मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । व्यवसायिक काममा केही अवरोध आएपनि धनजनको वृद्धि हुनेछ।

कन्या- सुख दुस्खमा साथ दिने व्यक्तिहरू भेटिनेछन्। कामको चाप र थकानबाट मुक्ति पाई विश्रामको अवसर मिल्नेछ । ऋण सापटी लिन दिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषजनक रहनेछ।

तुला- हाँसखेल, भ्रमण तथा मनोरञ्जनमा दिन बित्नेछ। टाढाको यात्राबाट केही धन लाभ हुन सक्छ। व्यापार प्रवर्द्धनका लागि यात्रा हुनेछ । रमाइलो भेटघाटले मन प्रफुल्लित बनाउँदै आत्मबल बढाउनेछ।

वृश्चिक- समय मध्यम खालको छ। कुनै नयाँ समाचारले मन खिन्न हुन सक्छ। सोचे अनुसार काम नहुन सक्छ । स्वास्थ्यमा सुधार आउनेछ । काम गर्ने उत्साह बढ्ने समय छ।

धनु- छर छिमेकमा केही असमझदारी देखिन सक्छ, तर खास हानि हुने छैन। परिश्रम अनुसार उपलब्धि प्राप्त हुनेछ । रोकिएका काम पुनस् सुरु हुन सक्ने सम्भावना छ। दिन समग्रमा मध्यम रहनेछ।

मकर –धार्मिक तथा परोपकारजन्य कार्यबाट प्रतिष्ठा बढ्नेछ। शारीरिक अस्वस्थताको सम्भावना भएकाले स्वास्थ्य प्रति ध्यान दिनु आवश्यक छ। आम्दानी स्थिर रहनेछ, तर निरर्थक क्षेत्रमा धन खर्च हुने योग देखिन्छ।

कुम्भ- काममा केही चुनौती देखिए पनि निरन्तर प्रयास गर्दा समयको सदुपयोग भई धन लाभ हुनेछ । विपरीत लिङ्गीको सहयोग प्राप्त भई मन प्रसन्न रहनेछ । अनौठो वा अप्रत्याशित खबर सुन्न पाइएला।

मीन- परिवार भित्र असमझदारी बढ्न सक्छ। मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्ने भएकाले सचेत रहनुहोस् । धेरै लगानीपछि अपेक्षाकृत कम फाइदा हुने सम्भावना छ।