उज्यालोको चुनावी घोषणापत्र: दलीय ट्रेड युनियन खारेज, ९ लाखलाई रोजगारी

काठमाडौं। उज्यालो नेपाल पार्टीले दलीय ट्रेड युनियन खारेज गर्ने घोषणा गरेको छ। आज पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावी प्रतिबद्धतापत्र घोषणा गर्दै राजनीति दलको भातृसंगठनका रूपमा खुलेका ट्रेड यूनियनहरू खारेज गर्ने बताएका हुन्।

उनले राजनीति दलको भातृसंगठनका रूपमा खुलेका ट्रेड यूनियनहरू खारेज गरी निजामती तथा सार्वजनिक संस्थानका कर्मचारीको हकहितमा काम गर्ने गरी एउटामात्रै आधिकारिक ट्रेड युनियन राख्ने व्यवस्था गरिने बताए।

यस्तै पाँच वर्षमा ४५ लाख रोजगारी सिर्जना गर्ने पनि घोषणापत्रमा उल्लेख छ। ‘हाइड्रो, कृषि, पर्यटन, आइटी, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रबाट वार्षिक ९ लाख रोजगारी सृजना गरी ५ वर्षमा ४५ लाख रोजगारी सिर्जना गरिनेछ,’घोषणापत्रमा उल्लेख छ।