आज फागुन ०९ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष- प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ।
वृष- अध्ययनमा राम्रो प्रगति हुनेछ । हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
मिथुन- विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रै हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ। वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ।
कर्कट- मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ।
सिंह- अनावश्यक दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आर्थिक कारोबारमा सजगता अपनाउनु होला। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ।
कन्या- प्रेम र मित्रताको गाँठो कसिनेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।
तुला- काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ । गुरुजनको सहयोग जुट्नेछ । व्यवसायमूलक काममा पनि राम्रै फाइदा हुनेछ । व्यापार ब्यवसायमा फाइदा हुनेछ। आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन्।
वृश्चिक- प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला। पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइनेछ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव समेत देखा पर्नेछ।
धनु- बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरेपनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ।
मकर– विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता मिल्नेछ।
कुम्भ- सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । आर्जित धन खर्च हुन सक्छ । तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ। विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ।
मीन- पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिनाले दुःख पाइनेछ । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ।
