भक्तपुरको भुम्डोलबाट राइफल र गोलीसहित एकजना पक्राउ
काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफल र गोलीसहित एकजना पक्राउ परेका छन्।
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले गोरखाको पालुङटार नगरपालिका-९ घर भएका ३१ वर्षीय आयन सेढाइलाई पक्राउ गरेको हो।
भुम्डोल बस्दै आएका उनीबाट राइफल र एसएलआरको ४ राउण्ड गोली, प्लाष्टिक राउण्ड २ वटा, सट गनमा लाग्ने राउण्ड १ वटा, खुकुरी एक थान तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा बरामद भएको छ।
उनलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टले बताए। उक्त राईफल तथा हतियारमा लाग्ने गोली जेनजी आन्दोलनमा लुटिएको हुनसक्ने आशंका गरिएको छ।
