रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज
काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ।
बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण भेटिएपछि आयोगले उनको उम्मेदवारी खारेज गरेको हो। आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले धनुषा १ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज गरिएको जानकारी दिए।
कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा रहेको देखिएको र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको पाइएको छ।
