डोटीमा माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु
डोटी। डोटीमा एक किशोरीको माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, डोटीले दिएको जानकारी अनुसार जिल्लाको सायल गाउँपालिका-२ ग्वानीकी १६ वर्षीया एलिना सिंहको मृत्यु भएको हो।
एलिना घर पोत्नको लागी माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो।
उनलाई स्थानीयको सहयोगमा मृत अवस्थामा निकालिएको हो । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको छ।
