जनमत र अभिमतलाई सम्हालेर अघि बढ्नु पर्छ: स्वर्णिम वाग्ले

फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)उपसभापति डा.स्वर्णिम वाग्लेले चुनावपछिको पार्टी अब जनमत र अभिमत सम्हालेर अगाडि बढ्नु पर्ने बताएका छन्।

फागुन २१ को प्रतिनिधिसभाबाट निर्वाचित पार्टीका प्रत्यक्ष र समानुपातिक १८२ सांसदलाई पार्टीले आयोजना गरेको प्रशिक्षक उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले रास्वपा अहिलेको ऐतिहासिक जनमतलाई न्याय गर्ने गरी अगाडि बढ्नु पर्ने बताए।

उनले प्रशिक्षकमा सहभागी पार्टीका नव सांसदहरुलाई रास्वपा अब एकदमै फरक धार र सँस्कारसहित अगाडि बढ्नु पर्ने बताए।

उपसभापति वाग्लेले रास्वपाका नव निर्वाचित सांसदको दृष्य मनमोहक रहेको बताउँदै अबको पाँच वर्ष अविश्मरणीय बनाउनु पर्ने बताए । जसका लागि जनताको आशा र भरोसालाई कायम राख्नु पर्ने बताए।

डा। वाग्लेले २०१५ सालमा जस्तै रास्वपाले यस पटक सबैभन्दा बलियो जनमत ल्याएको बताए। उनले २०४८, २०६४ र २०७४ मा बलियो सरकार बने पनि प्रारम्भिक चरणदेखिकै गल्तीका कारण लामो समय टिक्न नसकेको बताए। उनले अहिले रास्वपाले लगभग दुई तिहाइ मत ल्याएको बताउँदै यसको सम्मानसहित अगाडि बढ्नु पर्ने बताए।