कानुन व्यवसायीको विरोधपछि पछि हट्यो सरकार,परिचयपत्रबाटै सिंहदरबार छिर्न पाउने

काठमाडौं। कानुन व्यवसायीहरूले आफ्नो परिचयपत्रबाटै सिंहदरबार प्रवेश गर्न पाउने भएका छन्। सरकारले आइतबारदेखि कानुन व्यवसायीहरूले पनि सिंहदरबार प्रवेश गर्नका लागि गेट पास लिनुपर्ने व्यवस्था गरेको थियो।

त्यसअघि कानुन व्यवयासीहरू नेपाल बार एशोसियसनले दिएको परिचयपत्रकै आधारमा सिंहदरबारमा निर्वाध रूपमा प्रवेश गर्न पाउँथे। बार एसोसिएसनसहित कानुन व्यवसायीले विरोध जनाएपछि अहिले फेरि परिचयपत्रबाटै प्रवेश अनुमति दिइएको बारका महासचिव केदारप्रसाद कोइरालाले जानकारी दिए।

‘सुरक्षा निकायले हामीलाई फेरि परिचयपत्रकै आधारमा मिल्ने जानकारी गराएको छ,उनले भने। सरकारले अब सिंहदरबार प्रवेशका लागि मापदण्ड समेत बनाउने तयारी गरेको उनले बताए।