रास्वपा संसदीय दलको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने भएको हो।
बैठकमा आज हुने उपसभामुखको निर्वाचन र अन्य विषयमा पनि छलफल गरिने रास्वपाले जानकारी दिएको छ। प्रतिनिधि सभाको उपसभामुख पदका लागि रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीबाट रुबी ठाकुर उम्मेदवार बनेकी छन्।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सांसद सरस्वती लामालाई उपसभामुख पदमा उठाएको छ। आज ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा निर्वाचन हुँदै छ।
तर प्रतिनिधि सभामा रास्वपाको झन्डै दुईतिहाइ बहुमत (१८२ सिट) भएकाले उसको समर्थन पाएको रुबी ठाकुर नै उपसभामुख बन्ने निश्चित छ।
