सुनचाँदीको मूल्य बढ्यो,तोलामा कति पुग्यो ?

काठमाडौं। नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार प्रतितोला दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज एकैदिन दुई हजार २०० रुपैयाँको बढोत्तरी भएको हो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार बिहीबार प्रतितोला चार हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार ८५ रुपैयाँले बढेर चार हजार ९६० रुपैयाँ पुगेको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारको दररेट र डलरको विनिमय दरलाई आधार मानी दैनिक रूपमा मूल्य समायोजन गर्दै आएको छ।