उपसभामुखमा रास्वपाले धोका दिएपछि रिसाए ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग रुष्ट भएका छन् ।

उपसभामुख पदका लागि रास्वपाले नै प्रस्ताव गरेपछि उम्मेदवारी दिएका शाहीले, पछि रास्वपाले अर्कै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि असन्तुष्टि व्यक्त गरेका हुन् ।

एक थान उपसभामुख पद आफ्नो प्राथमिकतामा नरहेको उल्लेख गर्दै शाहीले भने, ‘तथापि संसद्को सबैभन्दा ठूलो दलले प्रस्ताव गरेपछि, पुराना राजनीतिक दल र परिवर्तन खोज्ने नयाँ दलहरूबीच ध्रुवीकरणको सम्भावनालाई मध्यनजर गर्दै उम्मेदवारी दिने निर्णयमा पुगेका थियौँ ।’

उनले एकातिर पुराना दलहरूले आफूलाई बाइपास गरेर छलफल गरिरहेका थिए भने,अर्कोतिर रास्वपाले प्रस्ताव गरेपछि मात्रै उनले उम्मेदवारी दिएको बताए । तर पछि रास्वपा पुराना दलहरूसँगै शाहीको भनाइ रहेको छ ।

शाहीले भने,आजको हाम्रो उम्मेदवारीले राजनीतिमा स्पष्ट कित्ता काटेको छ n। हिजोका पुराना दल र अहिलेका नयाँ दलका साइनबोर्ड फरक भए पनि उनीहरूको नीतिगत सिद्धान्त र विचार एउटै ठाउँमा जोडिएको प्रस्ट भएको छ ।’ रास्वपाले उपसभामुखमा सहयोग गर्ने वचन दिएर धोका दिएको उनको आरोप छ ।