मन्त्रीहरुको सम्पत्ति विवरणमा हर्कको प्रतिक्रिया-स्रोत विनाको सम्पत्ति भ्रष्टाचार हो
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्तिको स्रोत माग गरेका छन् ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्री बालेन शाह लगायत मन्न्त्रीहरुको सम्पत्ति विवरणमा स्रोत उल्लेख गरेको नपाइएपछि साम्पाङले सामाजिक सञ्जालमार्फत सम्पत्तिको स्रोत देखाउन भनेका हुन् ।
उनले स्रोत विनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार भन्ने बुझिने बताएका छन् । उनले भनेका छन्, ‘सम्पत्तिको विवरण त आयो तर अब स्रोत पनि आउनुपर्छ ।’
उनले थप लेखेका छन्, ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो । अब त्यस्को स्रोत पनि खुलाइदिए राम्रो । स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ । स्रोत प्रष्ट्याइदिनु पर्छ ।
