आज वैशाख ०९ गते बुधबार,यस्तो छ तपाईको राशिफल
मेष- अधिकारका लागि केही संघर्ष हुन सक्छ। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मान सम्मान समेत प्रप्त हुने समय छ। सहयोगीहरू जुट्नाले उत्साह जाग्नेछ।
वृष- स्वास्थ्य प्रतिकूल रहेपनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। आश मारेको कामले उत्साह जगाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
मिथुन- काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। सामाजिक उत्तरदायित्व बहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। खर्च बढ्नेछ। परिस्थितिसँग सम्झौता गर्नु परेपनि प्रतिष्ठा जोगाउन सफल भइनेछ।
कर्कट- आय आर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ। काममा अवरोध आउन सक्छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ।
सिंह- कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। कामका सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन्। आफ्ना योजनाहरू गोप्य राख्नुहोला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
कन्या- अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। जिम्मेवारी प्राप्त भएपनि तत्काल फाइदा उठाउन नसकिएला। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। पढाइ लेखाइमा समय दिन नसकिएला। व्यवसायिक काममा पनि त्यत्ति फाइदा नहोला।
तुला- मेहनतको फल प्राप्त हुनेछ। परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ। शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। बेसुरमा बचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ।
वृश्चिक- विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि राम्रै हुनेछ। सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ।
धनु- प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सकछ । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुनेछ।
मकर- छर छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारी साथ काम लिनुहोला । अर्थ अभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनु पर्ने हुन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरेपनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।
कुम्भ- कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अरूको विश्वास जितेपनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ । पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला।
मीन- समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । काम बिग्रने डरले सताइरहनेछ । प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ।
