गैरीगाउँको सुकुम्वासी बस्तीमा पनि चल्यो डोजर

काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित नदी किनारका सुकुम्वासी बस्ती हटाउन सुरु गरिएको छ । शनिवार बिहानबाट सरकारले काठमाडौंका मुख्य सुकुम्वासी बस्ती खाली गराउन थालेको हो।

यसअघि थापाथली आसपासका सुकुम्वासी बस्ती खाली गराइसकिएको छ। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरीसमेतको सहयोगमा गैरीगाउँका सुकुम्वासी बस्तीका संरचना हटाउन थालिएको हो।

यसैबीच शनिवार बिहान ११ बजेसम्ममा थापाथलीस्थित बागमती नदी आसपासका सुकुम्वासीहरू सरकारको सम्पर्कमा जान थालेका छन् ।

दिउँसो १ बजेसम्म २२ परिवारका सदस्यहरू घरवारविहीन भएको भन्दै सम्पर्कमा आएका छन् । उनीहरू आफ्नो परिवारको विवरण सरकारी टोलीलाई उपलब्ध गराएका हुन् ।